SHARE
अन्नपूर्ण · शनिबार २ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

जहानियाँ जञ्जिरमा गणतन्त्रको पहिलो झिल्को

नेपाल र भारतबीच लगभग १ हजार ८ सय ५० किलोमिटर लामो खुला सिमाना छ। यसै खुला सिमानाका कारण नेपाली र भारतीय नागरिकहरू बिनाभिसा एकअर्काको देशमा निर्बाध यात्रा गर्न सक्छन् भने सीमावर्ती नागरिकहरू परस्पर सीमा क्षेत्रमा स्वतन्त्र रूपमा विचरण गर्न पाइरहेका छन्। सन् १९५० को शान्ति तथा मैत्री सन्धि नै यस्तो प्रगाढ पारस्परिक सम्बन्धको मूल जग बनेको छ।नेपाल–भारतबीचको यो लामो सीमा प्रणाली सुरक्षा र रणनीतिक दृष्टिकोणबाट जति महत्वपूर्ण छ, त्यति नै महत्व दुवैतर्फका नागरिकबीचको जनस्तरको अन्तरसम्पर्कको पनि छ।