अन्त्येष्टि कार्यक्रमस्थलमा इजरायलको आक्रमण : १४ प्यालेस्टिनीको मृत्यु
इजरायल : गाजा क्षेत्रमा भएका विभिन्न इजरायली आक्रमणमा कम्तीमा १४ जना प्यालेस्टिनीको मृत्यु भएको छ । तीमध्ये आधाभन्दा बढी मानिस अन्त्येष्टि जुलुसमा सहभागी भइरहेका बेला भएको ड्रोन आक्रमणमा मारिएका हुन् ।हमाससँग भएको भनिएको ‘युद्धविराम’ सुरु भएको नौ महिनापछि पनि इजरायलले लगभग दैनिक रूपमा त्यसको उल्लंघन गरिरहेको आरोप लगाइएको छ ।
