SHARE
अन्नपूर्ण · शनिबार २ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

उच्च अदालत तुलसीपुरमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याैट

 दाङ : उच्च अदालत तुलसीपुरले संकटका बाबजुद पनि आर्थिक वर्ष २०८२ /०८३ मा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याैट गर्न सफल भएको छ । न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजनाअनुसार ६५ प्रतिशत मुद्दा फर्छ्याैट गर्ने लक्ष्य राखिएकोमा अदालतले ६८.०७ प्रतिशत प्रगति हासिल गरेको हो । आर्थिक वर्ष २०८१/०८२ बाट जिम्मेवारी सरेर आएका २१२ थान र आर्थिक वर्ष २०८२/०८३ मा नयाँ दर्ता भएका ८५३ थान गरी कुल १०६५ थान मुद्दाको लगत कायम भएको थियो ।