सोनम वाङ्चुकलाई प्रहरीले अचानक उठाएर लगेपछि दीपकेले थाले अनसन
भारत : दिल्लीको जन्तर–मन्तरमा विगत २० दिनदेखि अनसनमा बसेका सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर अस्पताल लगेको छ । वाङ्चुकलाई प्रहरीले अचानक नियन्त्रणमा लिएर जाँदा मञ्चमा ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके उपस्थित थिएनन् । यसलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठेपछि सीजेपीले स्पष्टीकरण दिएको छ ।सीजेपीका अनुसार, उक्त समयमा दीपके प्रदर्शनस्थल नजिकै नुहाउन गएका थिए ।
