SHARE
अन्नपूर्ण · शनिबार २ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

मौसम पूर्वानुमान महाशाखाले भन्यो : ३ दिन भारी वर्षा, उच्च सतर्कता अपनाउनू

 काठमाडौं : देशभर मनसुनी वायूको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केहीमाथि नेपालको तराई भू-भाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको बुलेटिनमा उल्लेख छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर अधिकांश बादल लाग्नेछ। बिहान जारी बुलेटिनमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख छ ।