SHARE
अन्नपूर्ण · शनिबार २ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

मृत्युमार्गको ज्युँदो दस्तावेज

मान्छे किन मृत्युको बाटो रोज्छ ? किन एउटा तन्नेरी आफ्नो देशको राहदानी च्यातेर अज्ञात जंगल पस्छ ? यी प्रश्नहरू हाम्रो समयका सबैभन्दा बिझाउने घाउ हुन्। डा. चन्द्र गिरीको उपन्यास ‘डंकी :  सपनाको कालबाटो’ यही विवशताको एक निर्मम र ज्युँदो दस्ताबेज हो। ‘डंकी’ कुनै जनावरको कथा होइन। यो त अभावले थिचेर सपनाको भारी बोक्न विवश मान्छेहरूको कथा हो। अवैध बाटो हुँदै अमेरिका छिर्ने जोखिमपूर्ण दुस्साहसको नाम हो, डंकी।साहित्यको काम कथा भन्नुमात्र होइन। यसले समयको मुटु छाम्नुपर्छ।