SHARE
अन्नपूर्ण · शनिबार २ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

द ग्रेट हिमालय ट्रेल

अहिलेसम्म धेरै कम पदयात्रीले मात्रै पूरै पदयात्रा गरेको नेपालको एक पदयात्रा मार्ग वा भनौं ट्रेकिङ रुटको नाम हो, ‘द ग्रेट हिमालय ट्रेल’। तथ्यांकअनुसार यो पदयात्रा मार्गमा अहिलेसम्म जम्मा १३२ जनाको हाराहारीमा मात्रै पदयात्रीले पदयात्रा गरेका छन्। हुन त यो नेपालको सबैभन्दा लामो र साहसिक पदयात्रा मार्ग हो।‘द ग्रेट हिमालय ट्रेल’ नेपालको मात्रै नभएर विश्वकै लामो अनि साहसिक पदयात्रा मार्ग हो। यो मार्गमा पदयात्रा गर्दा धेरै वटा उच्च हिमाली भन्ज्याङ (पास) पार गर्नुपर्ने हुन्छ।