विकासको दौडमा हराएको प्रकृतिको पहिचान
एक बिहान १३ वर्षीय छोरासँग गफ गरिरहँदा मेरो जन्मगाउँ धादिङको सिद्धलेकको विकास र प्रकृतिको विषय उठ्यो। कुराकानीकै क्रममा उसले गाउँको प्रसिद्ध ‘ढेवा डाँडा’बारे सोध्यो। भन्यो, ‘तपाईंको समयमा आकाश र वातावरण सफा हुने हुँदा त्यहाँबाट काठमाडौंको धरहरा र सगरमाथाको चुचुरो देखिन्थ्यो रे, हो ?’सगरमाथा नै देखेको कुरा त सम्झन सकिनँ, तर त्यो डाँडाको टुप्पोबाट धरहराको गजुरसम्म देखिने धुमिल याद भने ताजै रहेको बताएँ।
