SHARE
अन्नपूर्ण · शनिबार २ साउन २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

असोज मसान्तभित्र कर बुझाउनेलाई काठमाडौं महानगरको छुटैछुट, कुन क्षेत्रमा के छ सुविधा ?

काठमाडौं : काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना मिनाहा जस्ता सुविधा दिएको छ । साउन १ गतेदेखि लागु भएको ‘काठमाडौँ महानगरपालिका आर्थिक ऐन २०८३’ बाट आर्थिक वर्ष २०८३/०८४ का लागि छुट तथा जरिवाना मिनाहा दिएको हो । महानगरको सभाबाट पारित ऐन असार ३२ गते कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रमाणीकरण गरेपछि ऐन कार्यान्वयनमा आएको हो ।