SHARE
अन्नपूर्ण · शनिबार २ साउन २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

कर्णालीमा सत्ता फेरबदल : नेकपाभित्रै पनि ‘असन्तुष्टि’

वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेससँग मिलेर जाने विषयमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्रको असन्तुष्टि पनि सतहमा आएको छ । नेकपा (एमाले) बाट मुख्यमन्त्री भएका यामलाल कँडेलविरुद्ध नेपाली कांग्रेससँगको सहकार्यमा अविश्वासको प्रस्ताव दर्ता गरी नेपाली कांग्रेससँग मिलेर सरकारमा जाने तयारी गरेपछि नेपाली कम्युनिष्ट पार्टीमा पनि असन्तुष्टि देखिएको हो ।