SHARE
अन्नपूर्ण · शनिबार २ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

सम्बोधन गर्दागर्दै अभिजीत दीपकेमाथि महिलाले गरिन् मसी प्रहार

भारत : भारतको जंतर–मन्तर शनिबार निकै तनावपूर्ण बनेको छ । एकातिर बिहान सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई प्रहरीले प्रदर्शनस्थलबाट नियन्त्रणमा लिएर अस्पताल लग्यो भने अर्कोतर्फ अभिजीत दीपकेले अनशन सुरु गरे । यही क्रममा एक महिलाले कक्रोच जनता पार्टी (सीजेपी) का प्रमुख अभिजीत दीपकेमाथि मसी प्रहार गरिन्, जसका कारण केही समय दुलदंगा मच्चियो । तर दीपकेले घटनालाई सहज रूपमा लिँदै मसीको निलो रङ आफूलाई मन पर्ने भन्दै ‘जय भीम’ को नारा लगाए ।