SHARE
अन्नपूर्ण · शनिबार २ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

कोरियामा मौसमी कामदार भिसाको दायरा फराकिलो बन्दै

दक्षिण कोरियामा मौसमी कामदार भिसाको दायरा फराकिलो बन्दै गएको छ। अब मौसमी कामदारको रूपमा अब ई-७-४ को परिवार र एफ-३ भिसामा रहेकाहरूले पनि काम गर्न पाउने भएका हुन्। विद्यार्थी भिसामा आएको १ वर्ष पूरा भएको तर ग्रामीण क्षेत्रमा (ख्यङ्‍गी, इन्छन,सउल बाहिरका )  विद्यार्थीका अभिभावकलाई पनि काम गर्न मौसमी कामदारको रुपमा बोलाउन मिल्नेछ। कोरिया सरकारले डि-१० भिसा भएकाहरूले पनि उक्त काम गर्न पाउने व्यवस्था गरेको छ। एफ-१ भिसामा भएकाहरूमध्ये एफ-१-२ बाहेककाले काम गर्न पाउने व्यवस्था भएको छ।