SHARE
अन्नपूर्ण · शनिबार २ साउन २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

रवि लामिछानेले भने- सरकारको नियतमा कुनै पनि शंका छैन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको नियतमा कुनै पनि शंका नभएको बताएका छन्। शुक्रबार रौतहटका विभिन्न पार्टी नेताहरूसँगको कुराकानीमा सभापति लामिछानेले सरकारको निर्णयले समस्या आए करेक्सन गर्न सकिने बताएका हुन्।उनले भने, ‘सरकारको निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ। नियत खराब भयो भने कहाँ करेक्सन गर्ने? नियत करेक्सन गर्न गाह्रो हुन्छ। राम्रो गर्दा पनि दुई/चारवटा निर्णयले विवाद ल्याउन सक्छ।