SHARE
कालिका खबर · शनिबार २ साउन २०८३ १०:२० AM · 1 मिनेट पढाइ

पूर्वअर्थमन्त्री पाण्डेको पशुपतिमा अन्तिम संस्कार

काठमाडौं : पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको अन्तिम संस्कार भएको छ। शनिबार पशुपति आर्यघाटमा पाण्डेको अन्तिम संस्कार भएको हो। क्यान्सर रोगबाट पीडित डा. पाण्डेको ८७ वर्षको उमेरमा शुक्रबार विशालनगरस्थित आफ्नै निवासमा निधन भएको थियो। डा. पाण्डे २०६२/०६३ को नागरिक आन्दोलनका अगुवा, अर्थराजनीतिक चिन्तक र लोकतान्त्रिक आन्दोलनका योद्धा थिए।