प्रत्यक्ष कार्यकारी राष्ट्रपति माग्दै सडकमा युवा
काठमाडौं : नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्छ भन्ने मुख्य मागसहित युवाहरु सडक आन्दोलनमा उत्रिएका छन् । समृद्ध नेपालको आधारका लागि आगामी २०८७ सालभित्रै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने भन्दै युवाहरुको एक समूहले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।उनीहरुले प्रदेशहरुको खारेज गरी स्थानीय तहलाई बलियो बनाउनुपर्ने, १० सदस्यीय मन्त्रिपरिषद् बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राज्यको स्वामित्वमा राख्नुपर्ने माग राखेका छन् ।
