गृह मन्त्रालय सधैं सुरक्षाकर्मीको साथमा छ, ढुक्क भएर काम गर्नू : गृहमन्त्री
गोरखा : गृहमन्त्री सुधन गुरुङले आफ्नो गृहजिल्ला गोरखाका सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)लाई गृह मन्त्रालय सधैं सुरक्षाकर्मीको साथमा रहेको भन्दै ढुक्क भएर काम गर्न निर्देशन दिएका छन्।सशस्त्र प्रहरी बल नेपाल नं २९ गुल्ममा भएको ब्रिफिङमा गृहमन्त्री गुरुङले राष्ट्रको सुरक्षा, शान्ति–सुव्यवस्था तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका थिए।
