SHARE
अन्नपूर्ण · शनिबार २ साउन २०८३ ०९:०१ PM · 1 मिनेट पढाइ

न्याय पाउने बलियो आशा बोकेर घर फर्किए मिटरब्याज पीडित

सिमराः सरकारसँग सहमति भएसँगै मिटरब्याज पीडितहरू न्यायको बलियो आशा बोकेर शनिबार आ–आफ्नो घर फर्किएका छन्। काठमाडौंमा सरकारसँग वार्ता गरेर फर्किएको टोलीले बाराको निजगढमा आइपुगेर सहमतिका विषयमा विस्तृत जानकारी गराएपछि पीडितहरूले ‘पैदल न्याय मार्च’ आन्दोलन स्थगित गरी घर फर्किएका हुन्।