SHARE
अन्नपूर्ण · शनिबार २ साउन २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

पोखरामा शृंखलाबद्ध चोरी गर्ने ४ विदेशीसहित ९ जना पक्राउ

पोखरा :  पोखराका विभिन्न स्थानमा शृंखलाबद्ध चोरी गर्ने ९ जनाको गिरोह पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले ४ जना विदेशी नागरिक र ५ जना नेपाली नागरिकलाई चोरीका सामानसहित पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सूक्ष्म रूपमा अनुसन्धान गर्दै जाँदा उनीहरूलाई नियन्त्रणमा लिएको हो।