SHARE
अन्नपूर्ण · शनिबार २ साउन २०८३ ११:०१ PM · 1 मिनेट पढाइ

आज राति देशका यी स्थानमा हुनेछ मुसलधारे वर्षा

काठमाडौं : आज राति देशका विभिन्न स्थानमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी र तराई भू-भागका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।