१५ सन्तानका ‘अन्तरे बा’
गोरखा : परिवार नियोजन कार्यक्रम लागू भएपछि ‘छोरा र छोरी दुई आँखाका नानी’, ‘दुईमात्र सन्तान, ईश्वरको वरदान’ जस्ता उक्ति लोकप्रिय भए।धेरैले यसलाई व्यवहारमा उतारेर सुखी जीवन बिताएका पनि थिए।त्यसैले जनसंख्या अपेक्षित रूपमा व्यवस्थित पनि भएको थियो।तर, क्रमशः समय बदलियो। एकमात्र सन्तान जन्माएपछि ‘भयो’, ‘पुग्यो’ भन्ने मान्यता समाजमा हाबी भइरहेको छ। तर, यो अवधारणालाई प्राकृतिक सन्तुलनको प्रतिकूल छ भनेर आलोचना पनि नभएको त होइन।
