SHARE
अन्नपूर्ण · आइबार​ ३ साउन २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

अब बदलिने कि !

रातारात सरकारी गठबन्धन फेरबदल र रातारात सरकार अदलबदल हुँदै आएकाले नेपाली जनता वाक्क भइसकेका छन्। त्यस्तो राजनीतिबाट मुक्ति पाइएला भनेरै हुनुपर्छ, २०८२ फागुनको चुनावमा नेपाली जनताले पुराना पार्टीहरूलाई पाखा लगाए। उनीहरूले वैकल्पिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई झन्डै दुईतिहाइको बहुमत दिए। रास्वपाको उदय जति उसको लोकप्रियतामा निर्भर थियो, त्योभन्दा बढी पुराना पार्टीहरूको अलोकप्रियतामा आधारित थियो।पुराना दलहरूप्रतिको आक्रोश र वितृष्णा नै चुनावी परिणाम बनेर प्रकट भएको हो।