फ्रान्सलाई पराजित गर्दै इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो
काठमाडौं : फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा फ्रान्सलाई पराजित गर्दै इङ्ल्यान्डले फिफा विश्वकपको तेस्रो स्थानमा हासिल गरेको छ।मियामी स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले फ्रान्सलाई ६ -४ ले हराएको हो। खेलको पहिलो हाफ पूर्णतय इङ्ल्यान्डको दबदबा रह्यो। पहिलो हाफमा ४-०को अग्रता बनाएको इङ्ल्यान्डले दोस्रो हाफमा ४ गोल बेहोर्दै २ गोल थप्यो।खेलको सुरुवाती तेस्रो मिनेटमा नै इङ्ल्यान्डका लागि डिक्लेन राइसले गोल गरेका हुन्। खेलको १८ औँ मिनेटमा इङ्ल्याण्डले दोस्रो गोल गर्यो।
