SHARE
अन्नपूर्ण · आइबार​ ३ साउन २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

फिफा विश्वकप फाइनल : अनुभवी र युवाशक्तिबीचको भिडन्त

एजेन्सी, न्यु जर्सी : विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ को उपाधिका लागि आइतबार राति दुई शक्तिशाली टोली अर्जेन्टिना र स्पेन आमनेसामने हुँदैछन्। एकातर्फ लगातार दोस्रो विश्वकप जितेर इतिहास रच्ने लक्ष्यमा अर्जेन्टिना छ भने अर्कोतर्फ सन् २०१० पछि दोस्रो पटक विश्व च्याम्पियन बन्ने योजनासहित स्पेन मैदान उत्रँदैछ।यस पटकको फाइनललाई केवल दुई देशबीचको प्रतिस्पर्धा मात्र नभई दुई फरक फुटबल दर्शनबीचको भिडन्तका रूपमा पनि हेरिएको छ।