SHARE
अन्नपूर्ण · आइबार​ ३ साउन २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

सरोगेसी विवाद : जर्मन राजनीतिज्ञ स्पानले दिए राजीनामा

बर्लिन (बीबीसी): जर्मनीका मध्य–दक्षिणपन्थी राजनीतिज्ञ जेन्स स्पानले सत्तारूढ गठबन्धनको संसदीय दलको नेता पदबाट राजीनामा दिएका छन्। अमेरिकामा सरोगेट आमा (सेरोगेसी) मार्फत सन्तान जन्माएको विषयमा ‘दोहोरो चरित्र’ देखाएको आरोप लागेपछि उनले राजीनामा दिएका हुन्।जर्मनीमा सरोगेसी पूर्णरूपमा प्रतिबन्धित छ। स्पान आबद्ध क्रिस्टियन डेमोक्र्याट पार्टी (सीडीयू) र स्वयं स्पानले विगतमा यो नीतिको वकालत गर्दै आएका थिए।