SHARE
अन्नपूर्ण · आइबार​ ३ साउन २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

जब नेपाल टेलिकमको टावरमाथि चढेर युवकले साथीलाई फोन गरे...

मलङ्गवा : सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका-९ स्थित नेपाल टेलिकमको टावरमाथि एक युवक चढेका छन् । गएराति ८० मिटर उचाइ रहेको टावरमाथि गोडैता नगरपालिका -९ बकैनियाका २४ वर्षीय अफसर आलम चढेका हुन् । टावरमाथि चढेर साथीलाई फोन गरेपछि घटना बाहिरिएको हो ।  आलमलाई सकुशल उद्धार गर्नका लागि टेलिकम परिसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहारी प्रयास गरिरहेका छ्न्। सुरक्षाकर्मीहरु युवकसँग फोन संवादगरी तल आउनका लागि भने पनि युवक तल आउन मानेका छैन ।