SHARE
अन्नपूर्ण · आइबार​ ३ साउन २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

सम्पत्ति छानबिन आयोगको काम रोकिएपछि सेयर बजारमा हरियाली

काठमाडौं : गत चैतमा करिब दुईतिहाइको वालेन्द्र सरकार बन्यो, सेयर बजार बढ्न सकेन। डा. स्वर्णिम वाग्लेले जेठमा बजेट घोषणा गरे, सेयर बजार उँभो लागेन। त्यसपछि, मौद्रिक नीतिको पर्खाइमा बसेका लगानीकर्ता, राष्ट्र बैंकले असारमा ल्याएपछि भने झनै निराश बने। त्यसपछि, सेयर बजारले अझै उँधो गति लियो।असारको अन्तिम सातामा भने सेयर बजारले एकाएक उकालो यात्रा तय गरेको छ। यसैबेला सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगको काम कारबाहीलाई पनि रोकेको छ।