SHARE
अन्नपूर्ण · आइबार​ ३ साउन २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

आगोमा होमिएको हाम्रो मानवता

एउटा मानिसले आफ्नै शरीरमा आगो लगाउनु केवल एउटा दुःखद आत्महत्या मात्र होइन, यो कान नसुन्ने राज्य र संवेदनहीन समाजप्रतिको अन्तिम र सबैभन्दा कठोर विद्रोह हो। काठमाडौंमा गणेश नेपालीले गरेको आत्मदाहको प्रयास र त्यसपछिको अमानवीय उद्धार प्रक्रियाले हाम्रो राज्यसंयन्त्रको क्रूरता र हराउँदै गएको मानवीय संवेदनालाई नांगो पारेको छ।