SHARE
अन्नपूर्ण · आइबार​ ३ साउन २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

एमाले, नेकपा र कांग्रेस मिलेर प्रदेशमा सरकार बनाउँदैनौं: गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले तीन दल बनेर प्रदेशको सरकार नबनाउने दाबी गरेका छन्। आज कृष्णप्रसाद भट्टराईको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै सभापति थापा एमाले, कांग्रेस र नेकपाबीच प्रदेशमा गठबन्धन नबन्ने बताएका हुन्।३ दल मिलेर प्रदेश सरकार बनाउन सुझाव आइरहेको बताउँदै उनले नागरिकको म्याण्डेट त्यस्तो नभएकाले कांग्रेसले तीन दल मिल्नु गलत भएको भनिरहेको बताए। उनले एउटासँग चुनावमा गठबन्धन गरेर अर्कोसँग सत्ता सञ्चालन गरेकाले पनि कांग्रेसले ठूलो मूल्य चुकाएको बताए।