SHARE
अन्नपूर्ण · आइबार​ ३ साउन २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

जलबीरेमा बस एकापसमा ठोक्किएर दुर्घटना, २६ जना घाइते

काठमाडौं : मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २६ जना यात्रु घाइते भएका छन् ।चितवन इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक आइतबार बिहान करिब ७:१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।