अमेरिकालाई बिर्सन नसकिने पाठ सिकाउने इरानी सर्वोच्च नेताको चेतावनी
तेहरान : इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकालाई कहिल्यै 'बिर्सन नसकिने पाठ' सिकाउने चेतावनी दिएका छन्।इरानी सरकारी टेलिभिजनमा प्रसारित एक कार्यक्रममा उद्घोषकले सर्वोच्च नेता खामेनीको एउटा नयाँ लिखित सन्देश वाचन गर्दै उक्त चेतावनी दिएका हुन्।सन्देशमा भनिएको छ, 'सम्झौताको उल्लङ्घनले अमेरिकी राष्ट्रपतिको हस्ताक्षरको कुनै महत्त्व वा विश्वसनीयता नरहेको कुरा फेरि एकपटक प्रमाणित गरिदिएको छ। अमेरिकाले पुनः आफ्नो वास्तविक अनुहार विश्वसामु छर्लङ्ग पारेको छ।
