SHARE
अन्नपूर्ण · आइबार​ ३ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

महिला इन्जिनियर निर्वस्त्र भएर मन्दिर पुगिन्, मूर्ति बोकेर पोखरीमा हामफाल्दा मृत्यु

भारत : भारतको हैदराबादमा बस्दै आएकी सफ्टवेयर इन्जिनियर तेजस्विनीको शव केही दिनअघि पीरजादीगुडास्थित एउटा पोखरीमा फेला परेको थियो। प्रहरीले उनको मृत्युको रहस्यबारे अनुसन्धान गर्दै केही चकित पार्ने तथ्य सार्वजनिक गरेको छ ।मन्दिरमा जडान गरिएको सीसीटीभी फुटेजमा तेजस्विनी निर्वस्त्र अवस्थामा मन्दिर पुगेको र त्यहाँबाट अम्मावारू (देवी) को मूर्ति उठाएर लगेकी देखिएको प्रहरीले जनाएको छ । त्यसपछि उनी उक्त मूर्ति बोकेर पोखरीतर्फ गएकी र पोखरीमा हाम फालेकी प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।