दक्षिणपन्थीसँगको अपवित्र साँठगाँठले पार्टीको प्रतिष्ठा ध्वस्त पार्न सक्छ : झलनाथ खनाल
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिस्ट शक्तिहरूलाई दक्षिणपन्थी शक्तिसँग 'अपवित्र साँठगाँठ'नगर्न आग्रह गरेका छन्।उनले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि देशका ज्वलन्त समस्याको समाधान हुने आमअपेक्षा विपरीत राष्ट्रियता,राष्ट्रिय स्वतन्त्रता,जनअधिकार,सूचना पाउने अधिकार तथा संवैधानिक संस्थाहरूबीचको सम्बन्ध खलबलिन थालेको दावी गरेका छन्।
