SHARE
अन्नपूर्ण · आइबार​ ३ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

क्यान्सर जित्ने ओलम्पियन

नेपालगन्ज : १४ वर्षअघि सुरेन्द्र हमालको जीवनमा अकल्पनीय मोड आयो। क्यान्सर रोग विशेषज्ञले उनलाई दोस्रो चरणको आन्द्राको क्यान्सर भएको पुष्टि गरे। खेल मैदानमा कहिल्यै हार नस्वीकार्ने खेलाडीले यसपटक जीवनकै सबैभन्दा कठिन प्रतिस्पर्धामा उत्रिनुपर्‍यो। लामो उपचार, पीडा, तनाव र आर्थिक चुनौतीबीच पनि उनले आत्मबल गुमाएनन्। अन्ततः उनले क्यान्सरलाई पराजित गरे। हमाल भन्छन्, ‘मलाई क्यान्सर लागे पनि सबैको माया, सद्भाव र प्रेम पाएँ। त्यसैले यो रोगलाई जित्न सफल भएँ।