प्रेमिकाको अन्तै मगनी भएपछि अन्तिमपल्ट भेट्न बोलाएर हत्या
भारत : भारत महाराष्ट्रको नासिकमा एक युवकको एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ । यहाँ एक युवकले आफ्नी पूर्व प्रेमिकाको इन्गेजमेन्ट भएकोमा रिसाएर उनको हत्या गरेका छन् । हत्या भइरहेका बेला युवतीका नव दुलहा फोनमै थिए । हत्याराले उनलाई भने, ‘वैशू इज फिनिस्ड’ (वैशू सकिइन्)। त्यसपछि घटना प्रहरीसम्म पुग्यो र प्रहरीले आरोपीको खोजी सुरु गर्यो । तर घटनास्थलबाट करिब दुई किलोमिटर टाढा आरोपीको शव पनि झुण्डिएको अवस्थामा फेला परेको छ ।प्रहरीका अनुसार यो घटना शुक्रबार रातिको हो ।
