इरानी सर्वोच्च नेता खामेनीको अमेरिकालाई चेतावनी : कहिले नभुल्ने पाठ सिकाउने छौं
इरान : इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिकी राष्ट्रपतिको हस्ताक्षरको कुनै महत्व र विश्वसनीयता नरहेको बताएका छन् । इरानको सरकारी टेलिभिजनबाट प्रसारित एक कार्यक्रममा सञ्चालकले सर्वोच्च नेता मोजतबा खामेनीसँग सम्बन्धित नयाँ लिखित सन्देश पढेर सुनाएका छन् ।उक्त सन्देशमा अमेरिकालाई ‘कहिल्यै नभुल्ने गरी पाठ सिकाइने’ चेतावनी दिइएको छ । सन्देशमा भनिएको छ, ‘सम्झौताको उल्लंघनले फेरि एक पटक अमेरिकी राष्ट्रपतिको हस्ताक्षरको कुनै महत्व वा विश्वसनीयता नरहेको प्रमाणित गरेको छ ।
