SHARE
अन्नपूर्ण · आइबार​ ३ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

नेपाल बाल संगठनको अवस्था दयनीय

काठमाडौं : काठमाडौं महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले २० जना बालबालिकाको उद्धार गरेको छ।नेपाल बाल संगठनमा रहेका बालबालिकाको दयनीय अवस्थाबारे प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा अनुगमन गरी ती बालबालिकाको उद्धार गरिएको हो।मन्त्रालयका अनुसार बाल हेल्पलाइन १ सय ४ र मन्त्रालयको संयुक्त टोलीले बालगृहमा पुगेर अनुगमन गरेको थियो।