SHARE
अन्नपूर्ण · आइबार​ ३ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

प्रहरीले सार्वजनिक जग्गामा उम्रिएको गाँजाको बोट गर्यो नष्ट

रोल्पा : रोल्पाको त्रिवेणी गाउँपालिका–४ निगालपानीस्थित सार्वजनिक जग्गामा आफैं उम्रिएको गाँजाको बोट प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आइतबार बिहान प्राप्त सूचनाका आधारमा प्रहरी चौकी जुगारबाट प्रहरी नायब निरीक्षक राजबहादुर थापा क्षेत्रीको कमाण्डमा पाँच सदस्यीय प्रहरी टोली गाँजाको बोट फँडानीमा खटिएको थियो ।टोलीले करिब एक रोपनी क्षेत्रफलमा फैलिएको सार्वजनिक जग्गामा उम्रिएको २ सय जति गाँजाको बिरुवा फँडानी गरी नष्ट गरेको जनाएको छ ।