पृथ्वी राजमार्गमा छैनन् आपतकालीन उपकरण
धादिङ : संघीय राजधानी काठमाडौंलाई देशका अधिकांश जिल्लासँग जोड्ने पृथ्वी राजमार्ग नेपालको सबैभन्दा व्यस्त र रणनीतिक महत्वको सडक हो। यही सडक हुँदै दैनिक हजारौं यात्रुवाहक र मालवाहक सवारीसाधन गुड्छन् । राजधानीका लागि खाद्यान्न, इन्धन, निर्माण सामग्रीदेखि औद्योगिक उत्पादनसम्म यही मार्ग हुँदै भित्रिन्छन् । तर यति महत्वपूर्ण राजमार्गमा कुनै ठूलो सवारीसाधन बिग्रिए वा दुर्घटनामा परे त्यसलाई तत्काल हटाउने सरकारी हेभी ड्युटी क्रेन वा आधुनिक रिकभरीको भने प्रणाली अभाव छ ।
