SHARE
अन्नपूर्ण · आइबार​ ३ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

गाउँकै केटीसँग बिहे गर्न नपाएपछि टावर चढे आलम, परिवारले सम्झाएपछि झरे

मलङ्गवा : सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका-९ स्थित नेपाल टेलिकमको टावरमाथि चढेका युवक तल ओर्लिएका छन्। ८० मिटर उचाइ रहेको टावरमाथि गोडैता  नगरपालिका- ९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसैन चढेका थिए। रातीको समयमा उनी टावरमाथि चढेका थिए। टावरमाथी चढेर साथीलाई फोन गरेपछि घटना बाहिएरको थियो। सुरक्षाकर्मी, परिवारजन र नेपाल टेलिकमको कर्मचारीहरुले प्रयास गर्दा उनी सुरुमा झर्न मानेनन्, पछि तलबाट बुबाले फोन गरेर सम्झाउँदा हुसैन टावरबाट ओर्लिएका हुन्।