SHARE
Kalo Pati · आइबार​ ३ साउन २०८३ ०७:३९ AM · 1 मिनेट पढाइ

२४ घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु

काठमाडौँ । साउन २ गते साँझदेखि विभिन्न जिल्लामा लगातार वर्षा भइरहेको छ । वर्षाका कारण देशभर ५८ वटा घटना भएका छन् । बाढी र पहिरोको जोखिम रहेको भन्दै जोखिमपूर्ण ठाउँमा स्थानीय प्रशासनले सतर्कता अपनाएको छ । पछिल्लो २४ घण्टामा भएका ५८ वटा विपद्का घटनामा परेर ३ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।