SHARE
अन्नपूर्ण · आइबार​ ३ साउन २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

विद्यार्थी भिसामा भएकाले आमाबुबालाई मौसमी कामदारका रूपमा कोरिया बोलाउन सक्ने, यस्तो छ योग्यता

कोरियामा विद्यार्थी भिसामा भएकाले अब आफ्ना आमाबुबालाई कोरियामा कामका लागी बोलाउन सक्नेछन्। कोरियाको अध्यागमन विभागका अनुसार ५५ वर्ष वा सोभन्दा कम उमेर भएका आमाबुवालाई कोरियामा मौसमी कामदारका रूपमा कोरिया बोलाउन सकिने छ। आमाबुवाको स्वास्थ्य र फौजदारी अभिलेखमा कुनै समस्या नभएको, कोरिया प्रवेशमा प्रतिबन्ध नलागेको तथा विद्यार्थी अध्ययनरत विश्वविद्यालय सम्बद्ध आमाबुबालाई मौसमी कामदारका रूपमा बोलाउनका लागि स्थानीय सरकारमा आवेदन दिने सक्नेछन्।