SHARE
अन्नपूर्ण · आइबार​ ३ साउन २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

होटलमा मृत्युको घटनाले उघारेको यौन धन्दाको पर्दा

धनुषा : गत असार २६ गते धनुषाको ढल्केवरस्थित माँ भवानी होटल एण्ड गेष्ट हाउसमा राति ९ बजेको समयमा एक महिला अचेत भइन् । प्रहरीका अनुसार ती महिलालाई उपचारका लागि जानकी मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरे । मृत्यु भएकी महिला धादिङकी ५१ बर्षीया चेलीमाया तामाङ रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।उनीसँगै कोठा लिएर बसेका सिन्धुपाल्चोकका ५० बर्षीय एबनारायण श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।