मोजतबा खामेनी इरानमा नभएको दाबी : कहाँ छन् भन्ने विषयले बढ्यो चर्चा
इरान : इरानका सर्वोच्च नेता मोजतबा खामेनी हाल इरानमै नरहेको दाबी साउदी समाचार च्यानल अल–हदथ ले एक इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै गरेको छ । उक्त रिपोर्टअनुसार, मोजतबा खामेनीका नामबाट सार्वजनिक हुने सन्देशहरू उनी स्वयंले नभई इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आइआरजीसी) का नयाँ प्रमुख अहमद वहिदीले तयार पारिरहेका छन् ।यद्यपि, यस दाबीको इरान सरकारले कुनै आधिकारिक पुष्टि गरेको छैन ।
