SHARE
अन्नपूर्ण · आइबार​ ३ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

होण्डाले आफ्ना ग्राहकका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन गर्दै

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ग्राहकवर्गको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै होन्डाका पुराना मोडेलहरूको एयर ब्यागमा देखिन सक्ने सम्भावित जोखिमलाई समाधान गर्न ‘निःशुल्क सेफ्टी रिकल अभियान’ सञ्चालन गरिरहेको छ।यस अभियानबाट निर्माण वर्ष सन् २००१ देखि २०१४ सम्मका होण्डा कारका विभिन्न मोडेलहरू प्रभावित भएका छन्। जसमा सिटी, सिभिक, सिआर–भि, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड कारहरू पर्छन्।