सडक र सदनको दुबै मोर्चालाई अगाडि बढाइने छ : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडक र सदनको दुवै मोर्चालाई अघि बढाइने बताएका छन् । पार्टी मुख्यालय च्यासलमा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा बोल्दै दुई वटै मोर्चालाई प्रभावकारी बनाएर अघि बढ्नु पर्ने बताएका हुन् ।उनले भने, ‘सडक संघर्षको मोर्चातिर पनि मनोबल अलि खस्किएको अवस्था छ । हामीले धक्का खाएका छौं । धक्का खाएको अवस्थामा कसैको मनोबल एकदम बुलन्द भएर बढेको हुँदैन । धक्का परेपछि त अलिकति चोट त लाग्ने नै भयो । धक्काबाट उठेर अघि बढ्नु पर्छ ।
