स्पेनलाई १६ वर्षपछि विश्वकपको उपाधि
काठमाडौं : फिफा विश्व कप २०२६ को उपाधि स्पेनले जितेको छ।न्यूयोर्क न्यू जर्सी स्टेडियममा भएको खेलमा अतिरिक्त समयमा साविक विजेता अर्जेन्टिनालाई १-० ले पराजित गर्दै स्पेनले उपाधि जितेको हो। खेलको पाँचौं मिनेटमा स्पेनका लागि लामिन यमालले प्रहार गरेको बल अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले रक्षा गरे। खेलको ३९ औं मिनेटमा स्पेनका लागि मिकेल ओयारजाबालले गरेको प्रहार मार्टिनेजले बचाए। खेलको पहिलो हाफमा अर्जेन्टिना स्पेनको प्रहार रोक्नमै व्यस्त भयो।
