२० सचिवसहित २ हजार कर्मचारी घर जाँदै
काठमाडौं : चालु आर्थिक वर्षमा करिब २ हजार कर्मचारी अनिवार्य अवकाशका कारण घर जाँदैछन्।जसमा २० जना त सचिवमात्रै छन्।राष्ट्रिय किताबखाना (निजामती) को अभिलेखअनुसार आर्थिक वर्ष २०८३/८४ मा ५८ वर्षे उमेर हद तथा ५ वर्षे पदावधि पूरा भई १ हजार ९ सय ८५ कर्मचारी अनिवार्य अवकाशबाट निवृत्त हुनेछन्।जसमा ८७ सहसचिव, २ सय ६ जना उपसचिव र ३ सय २० जना शाखा अधिकृतको अवकाश हुँदैछ।सहायक स्तरका ७ सय ७३ जना र श्रेणीविहीनतर्फ ५ सय ७९ जना अनिवार्य अवकाशमा जान लागेका हुन्।
