SHARE
अन्नपूर्ण · सोमबार ४ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

फुटबल र संगीतको विश्वव्यापी संगम

काठमाडौं : विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप उत्कृष्ट खेलाडी र रोमाञ्चक प्रतिस्पर्धाको पर्व मात्र होइन, यो विश्वभरका विभिन्न संस्कृति, भाषा र संगीतलाई एउटै मञ्चमा जोड्ने उत्सव पनि हो।हरेक चार वर्षमा आयोजना हुने विश्वकपका आधिकारिक गीतहरूले प्रतियोगिताको उत्साहलाई मैदानदेखि विश्वका कुनाकाप्चासम्म पुर्‍याउने काम गर्दै आएको छ। यही कारणले फिफाले प्रत्येक संस्करणमा विश्वप्रसिद्ध कलाकारहरूलाई समेट्दै विशेष गीत सार्वजनिक गर्ने परम्परा चलाउँदै आएको छ।