SHARE
अन्नपूर्ण · सोमबार ४ साउन २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

सिंहदरबारको गेटमा न्यायको पुकार : न्याय पाउन जल्नै पर्ने हो ?

काठमाडौं : सिंहदरबारको मूल गेटअगाडि सिरहाकी बिनु कडायत (यादव) ६ दिनदेखि निरन्तर आन्दोलनमा छन्। कहिले सडकमै सुत्छिन्, कहिले माइतीघर मण्डलामा अनशन बस्छिन्, त कहिले घण्टी बजाउँदै सिंहदरबारको गेटसम्म पुगेर गृहमन्त्रीसँग भेटको माग गर्छिन्। उनको एउटै आग्रह छ– सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन गरियोस् र आफूले वर्षौंदेखि खोजिरहेको न्याय दिलाइयोस्।तर, न्याय खोज्दै सिंहदरबार पुगेकी बिनुले सरकारी ढोकामा प्रवेश पाएकी छैनन्, बरु प्रहरी नियन्त्रणमा परिरहेकी छन्।