SHARE
कालिका खबर · मङगलबार ५ साउन २०८३ ०४:०१ AM · 1 मिनेट पढाइ

निजी स्वास्थ्य र शिक्षामा कर लगाउँदा भार नागरिकमाथि पर्छ : निवर्तमान अध्यक्ष मल्ल

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले निजी स्वास्थ्य तथा शिक्षा सेवामा ३ प्रतिशत कर लगाउने सरकारी प्रस्तावले अन्ततः त्यसको भार आम नागरिकमाथि पर्ने बताएका छन्। मल्लले स्वास्थ्य र शिक्षा नागरिकका आधारभूत आवश्यकता भएकाले यस्ता क्षेत्रमा कर लगाउँदा त्यसको प्रत्यक्ष असर सेवा लिने सर्वसाधारणमा पर्ने धारणा व्यक्त गरे। उनले अधिकांश नागरिक निजी विद्यालय र अस्पतालमा रहरले नभई सरकारी सेवाको गुणस्तर, क्षमता र पहुँच पर्याप्त नभएकाले बाध्यतावश जानुपरेको उल्लेख गर्दै यस्तो अवस्थामा थप कर लगाउनु उपयुक्त नहुने बताए।